बाजुरामा जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुराका प्रमुखसहित तीन जनाको मृत्यु

२०८२ जेठ १३ गते

बाजुरामा जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुराका प्रमुखसहित तीन जनाको मृत्यु

काठमाडौँ । बाजुरामा मंगलबार भएको जीप दुर्घटनामा नेपाल टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । 

जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार बिहान साढे ९ बजेतिर भएको दुर्घटनामा टेलिकमका बाजुरा प्रमुख लोकबहादुर खड्का, जीप चालक करण महतरा र रवीन्द्र धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Advertisement:

Ad
Ad

नेपाल टेलिकमको टावर मर्मतका लागि जाँदै गर्दा उनीहरू सवार बा ५ च २२०९ नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । 

दुर्घटनामा बूढीनन्दा नगरपालिका-२,  कोल्टीका नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोल्टी ल्याइँदै गरेको इन्स्पेक्टर चौधरीले जानकारी दिए ।