अर्थमन्त्रालयमा पत्रकार सम्मेलन मार्फत बजेट 'ब्रिफिङ' गर्दै अर्थमन्त्री पौडेल

२०८२ जेठ १६ गते

अर्थमन्त्रालयमा पत्रकार सम्मेलन मार्फत बजेट 'ब्रिफिङ' गर्दै अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा हिजो बिहीबार पेश गरेको बजेटबारे अहिले अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेट ब्रिफिङ गरिरहेका छन् । बजेटबारे पत्रकारबाट उठेका प्रश्न र जिज्ञासा मेटाउन पत्रकार सम्मेलन आयोजना गरिएको हो । पौडेलसँगै उनका टीमका सदस्यहरु राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी, गभर्नर विश्वनाथ पाण्डे,अर्थसचिव, राजश्व सचिव लगायतको पनि उपस्थिती रहेको छ ।

 

Advertisement:

Ad
Ad

पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका छन् । जुन गत वर्षको बजेटभन्दा आकारमा १ खर्ब ४ अर्बले ठूलो रहेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।