भन्सार विधेयक पारित, आयात निर्यातलाई सहज हुने अपेक्षा

२०८२ असार १७ गते

भन्सार विधेयक पारित, आयात निर्यातलाई सहज हुने अपेक्षा

काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भन्सार विधेयक २०८० पारित गरेको छ ।


समितिको आज बसेको बैठकमा सभापति तुलसाकुमारी दाहालले निर्णयार्थ प्रस्तुत गरेको विधेयकलाई समितिले सर्वसम्मतिले पारित गरेको हो ।

Advertisement:

Ad
Ad


बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आयात निर्यातलाई सहज बनाउन र चोरी निकासी तथा पैठारी रोक्न भन्सार विधेयक महत्वपूर्ण हुने बताए।

 

प्रतिनिधिसभाबाट पारित भई आएको भन्सार विधेयक राष्ट्रियसभा यही अधिवेशनमा प्रतिवेदनसहित पेस गरी पारित गरिने तयारी गरेको छ ।