गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

२०८२ जेठ १६ गते

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

 

Advertisement:

Ad
Ad

खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रले विषय उठान भइसकेकाले अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेको जनाएको छ । 

 

गृहमन्त्रीको राजीनामा माग गर्दै गत १४ गते बधबारदेखि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाले संसद बैठक लगातार अवरोध गर्दै आएको छ ।