विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका २८ निर्णय

२०८२ जेठ १३ गते

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका २८ निर्णय

काठमाडौँ । सरकारले रिक्त विज्ञापन बोर्डको अध्यक्षमा निःवर्तमान बोर्डका अध्यक्ष हुमागाइँलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो।

 

Advertisement:

Ad
Ad

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहसचिव भूपाल बराललाई बढुवा गरेर सचिव बनाएको र अन्य १० जना सचिवको सरुवा भएको जानकारी दिएका हुन् । त्यस्तै सरकारले बाफिकोट–खुंग्री १३२ के।भी प्रशारण लाइन आयोजनाको लागि ३।२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा। कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ।

 

सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका २८ निर्णय गरेको छ। 

 यस्ता छन् मन्त्रिपरिषदका २८ निर्णय-

https://drive.google.com/file/d/1HwFGxzojUd7u9kPI_E5ACsPyQ1Cawf4I/view