आर्थिक वृद्धि ६ प्रतिशत पुग्ने लक्ष्यका साथ ल्याइएको बजेटका मूख्य बुँदाहरु यस्ता छन् -

२०८२ जेठ १६ गते

आर्थिक वृद्धि ६ प्रतिशत पुग्ने लक्ष्यका साथ ल्याइएको बजेटका मूख्य बुँदाहरु यस्ता छन् -

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । सार्वजनिक बजेटमा पुँजीगत खर्चको विनियोजन बढाइएको छ भने चालु खर्चलाई सीमाभित्र राखिएको छ । त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको छ । राजस्वको लक्ष्य संशोधित अनुमानको १७ प्रतिशतमा राखिएको छ ।त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्बले आन्तरिक ऋण कम प्रस्ताव गरिएको छ । 

यस्ता छन् मूख्य बुँदाहरु
 

Advertisement:

Ad
Ad

नीतिगत सुधारतर्फ
१ सरकारले बजेटमार्फत वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिएको छ ।
२,बजेटमार्फत सरकारले आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा गरेको सुधारले पुँजीगत खर्च बढ्ने अपेक्षा लिएको छ ।
३,सङ्‍घीय आयोजनाका लागि २ करोडको मापदण्ड कार्यान्वयन गरिएको छ ।
४,मितव्ययीता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्ने छ ।
५,जेठ १६ गतेपछि खरिद प्रक्रिया गर्न सकिने व्यवस्था गरेको छ । द्द
६,२५ करोडभन्दा बढिका आयोजनाको राष्ट्रिय ड्यासवोर्डबाट अनुगमन गरिने छ। 
७,अनुदानलाई लागतको अधिकतम् ५० प्रतिशतमा सीमित गरिएको छ ।
८,प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
९,वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको छ ।
१०,सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको छ ।
११, कन्टिन्जेन्सी तथा परामर्शदाताको खर्चमा नियन्त्रण गरिएको छ ।
१२,राष्ट्रिय परिचयपत्रलाई मूख्य आधार मानी सामाजिक सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित गराइएको छ ।
१३,विदेशी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको प्रस्ताव गरिएको छ ।

आर्थिक विधेयकतर्फ
१,स्वास्थ्य जोखिम करको दायरा विस्तार(सुर्ती, खैनी, गुट्खा, पानमसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवर समेतमा लाग्ने व्यवस्था गरिएको छ ।
२,सुन तथा सुनको गहनाको खरिदमा विलासिता शुल्क लाग्ने व्यवस्था गरिएको छ ।साविकमा यसको थ्रेसहोल्ड १० लाख रहेकोमा सो हटाइएको छ । 
    
मूल्य अभिबृद्धि कर तर्फ

१,डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधन गृहमा लाग्दै आएको मुल्य अभिवृद्धि कर खारेज गरिएको छ ।

अन्तःशुल्क तर्फ
१,सिमेन्टमा परिमाणको आधारमा अन्तःशुल्क लाग्दै आएकोमा मूल्यको आधारमा अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
२,प्रिमियम चुरोटमा ५ प्रतिशतका दरले र सस्तो चुरोटमा २ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि गरिएको छ ।

आयकर तर्फ
१,भन्सार बिन्दुमा अग्रिम कर संकलन गर्नुपर्ने व्यवस्था खारेज गरिएको छ ।
२,कारोबार नगरेका वा शुन्य कारोबार गरेका करदाताले समेत न्यूनतम कर दाखिला गर्नुपर्ने प्रावधान खारेज गरिएको छ ।
३,होटल, रिसोर्ट तथा सूचना प्रविधि उद्योगबाट भएको आयमा बिशेष उद्योग सरह कर लाग्ने व्यवस्था गरिएको छ ।
४,स्टार्टअप व्यवसायलाई दिइएको ५ बर्ष सम्मको आयकर छुटको व्यवस्थालाई कारोबारको सीमा बढाई १० करोडसम्म बनाइएको छ ।
५,विद्युतीय उर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच बर्षसम्म आयकर छुट हुने व्यवस्था मिलाइएको छ ।
६,आन्तरिक राजस्व विभागबाट स्वीकृती प्राप्त अवकाश कोषहरुलाई अनिवार्य रुपमा कर्मचारी सञ्‍चय कोषस नागरिक लगानी कोषस सामाजिक सुरक्षा कोष वा निवृत्तभरण कोषमा आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ ।


भन्सार महसुलतर्फ
१,ग्रीन हाइड्रोजन, प्राकृतिक तथा प्राङ्गारिक मल उद्योगको लागि आवश्यक पर्ने मिल मेशिनरी उपकरणको पैठारीमा लाग्ने महसुल पूर्ण छुट गरिएको छ ।
२,काठ सिजनिङ्ग गर्ने उद्योग, ऊर्जा उत्पादन, खेलकुद, विद्युतीय चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योगलाई आवश्यक पर्ने मालबस्तु पैठारीमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ ।
३,हाल महङ्गो र सस्तो मदिरा, वियर र वाइनमा परिमाणको आधारमा समान दरमा भन्सार महसुल लाग्दै आएकोमा अबदेखि मूल्यको आधारमा दरबन्दी तोकिएको छ। 
    
छुट तथा सहुलियत सम्बन्धी व्यवस्था 
१,मूल्य अभिवृद्धि करतर्फ लामो समयदेखि बिवरण नबुझाई बसेका ठूलो सङ्ख्यामा रहेका करदातालाई मौकास्वरुप बिवरण तथा कर बुझाएमा जरिवाना, थप दस्तुर र ब्याज मिन्हा दिने व्यवस्था गरिएको छ ।  
२,अन्तःशुल्कको बिवरण नबुझाउने लाई बिवरण तथा कर बुझाएमा जरिवाना, थप दस्तुर र ब्याज मिन्हा दिने व्यवस्था गरिएको छ ।  
३,निकासी पैठारी गर्ने उद्योगहरुले एक्जिम कोड लिँदा राख्नुपर्ने वैंक ग्यारेन्टीको व्यवस्था हटाइएको छ ।