वर्षाले डाइभर्सन बगाएपछि नारायणघाट बुटवल सडकको दुम्कीवासमा सयौँ यात्रु अलपत्र

२०८२ जेठ १६ गते

वर्षाले डाइभर्सन बगाएपछि नारायणघाट बुटवल सडकको दुम्कीवासमा सयौँ यात्रु अलपत्र

मध्यविन्दु (नवलपरासी। नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

Advertisement:

Ad
Ad

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

 

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।

 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।