२०८३ साउन २७ गते
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंगलबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश प्रस्तावलाई अन्तिम स्वीकृति दिन क्यापिटलले आफ्नो दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा आगामी भदौ २६ गते शुक्रबार बिहान ९ बजे थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा बस्नेछ।
साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरणलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ।
क्यापिटलले आफ्ना सेवालाई थप प्रविधिमैत्री, सहज र सर्वसुलभ बनाउने उद्देश्यले ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मूल नारासहित सेवा प्रवाहलाई डिजिटल बनाउँदै आएको जनाएको छ।
यसै रणनीतिअनुसार क्यापिटलबाट उपलब्ध हुने अधिकांश सेवाहरू अनलाइनमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ।
प्रतिक्रिया