२०८२ जेठ २३ गते
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला प्रमुख इलोन मस्कबीच यतिबेला चर्काचर्की परिरहेको छ।
मस्कले सरकारी दक्षता विभाग (डज) छाडेसँगै ट्रम्प र मस्क यतिखेर एकअर्काको आलोचनामा उत्रिएका छन् । बिहीबार सामाजिक सञ्जालमै
मस्कले ट्रम्पलाई महाभियोग लगाउनसमेत माग गरेका छन्। अनि उपराष्ट्रपति जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने टिप्पणी गरेका छन्।
यसैगरी मस्कले ट्रम्पको नाम जेफ्री एपस्टाइनसँग पनि जोडेका छन्। एपस्टाइन तिनै व्यक्ति हुन्, जो यौन दुर्व्यवहार र किशोरीको बेचबिखन मुद्दामा दोषी ठहर्याइएका छन्।
मस्कले ट्रम्पको नाम एपस्टाइनका फाइलहरूमा रहेको दाबी गरेका छन्। यही कारण ती फाइल सार्वजनिक नगरिएको जिकिर उनले गरेका छन्।
उता ट्रम्पले मस्कका कम्पनीसँग गरिएका सरकारी सम्झौता र दिने गरिएका अनुदान अन्त्य गर्ने चेतावनी दिएका छन्। साथै उनले मस्कलाई पागल भइसकेको समेत बताएका छन्।
प्रतिक्रिया