उर्जामन्त्री खड्काले व्यवसायीसँगको भेटमा भने: 'समय खेर नफालौँ लगानीको सुरक्षाको ग्यारेन्टी राज्यले दिन्छ'

२०८२ साउन ०५ गते

उर्जामन्त्री खड्काले व्यवसायीसँगको भेटमा भने: 'समय खेर नफालौँ लगानीको सुरक्षाको ग्यारेन्टी राज्यले दिन्छ'

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार नेपाल उद्योग परिसंघ CNI को २२औँ वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष  बिरेन्द्रराज पाण्डे लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारीसँग भेट गरेका छन् ।भेटमा उनले व्यवसायीहरुलाई उर्जामा लगानी बढाउन आग्रह गरे । उनले सरकार निजी क्षेत्रसँग सहकार्यमा काम गर्न पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै लगानीको सुरक्षाको ग्यारेन्टी राज्यले दिने र कानूनी तथा नीतिगत रूपमा लगानीमैत्री वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताए ।

उनले भने,मैले सम्हालेको मन्त्रालयबाट ट्रान्समिशन लाइन निर्माणमा निजी क्षेत्रसँग सहकार्य सुरु भइसकेको छ। अब ऊर्जा व्यापार खुला गर्ने दिशामा अघि बढ्न जरुरी छ। सरकार र निजी क्षेत्र मिलेर मात्र देशको मुहार फेर्न सकिन्छ।अब समय खेर फाल्ने होइन,देश विकासमा समस्या कहाँ छन्स? रकारले के गर्नुपर्छ? यसबारे गम्भीर र सार्थक छलफल आवश्यक छ। संयुक्त प्रयास र दृढ प्रतिबद्धताले मात्र समृद्ध नेपालको सपना साकार हुन सक्छ।

Advertisement:

Ad
Ad