आयात निर्यातको आशलाग्दो तथ्यांक : आयात बढ्दा माग बढेको संकेत,निर्यात पनि १३ प्रतिशतले बढ्यो

२०८२ असार ०७ गते

आयात निर्यातको आशलाग्दो तथ्यांक : आयात बढ्दा माग बढेको संकेत,निर्यात पनि १३ प्रतिशतले बढ्यो

काठमाडौं । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातको तथ्यांकले अर्थतन्त्रमा आशलाग्दो संकेत देखिएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार आयात तथा निर्यात दुवैमा बढोत्तरी भएको छ । जसअनुसार जेठसम्म नेपालमा १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँको भएको छ ।

 

Advertisement:

Ad
Ad

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्मको आयात गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ ,यसले बजारमा बस्तुको माग बढेको स्पष्ट संकेत गर्दछ । बजारमा विगत तीन वर्षदेखि माग बढ्न नसक्दा अर्थतन्त्र ठप्प हुन पुगेको छ । यसको असर बैंकको लगानी बढ्न नसक्नु,रोजगार नबढ्नु लगायतमा देखिएको छ ।

 

गत वर्ष यो अवधिमा १४ खर्ब ५३ अर्ब रुपैयाँको आयात भएको थियो भने उक्त समयमा भएको निर्यात १ खर्ब ३९ अर्ब रुपैयाँको मात्रै छ ।नेपालबाट हुने निर्यात आयातको तुलनामा न्यून हिस्सा भएपनि निर्यातको बृद्धिदर भने बढेको छ । गत वर्षको तुलनामा यो वर्ष करिब १ अर्ब रुपैयाँले निर्यात बढेको छ । यस्तो निर्यात जेठ सम्ममा ७७.७७ प्रतिशतले बढेको छ ।


तथ्यांक अनुसार आयात बढेको र सो अनुपातमा निर्यातको योगदान कम हुँदा ब्यापार घाटा भने गत वषको तुलनामा ६ प्रतिशतले बढेको छ । गत वर्षको यो अवधिमा १३ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा यो वर्षको जेठसम्ममा १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।