२०८३ असोज १० गते
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँगको भेटमा नाइमाले नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था र ‘वस्तु’को अस्पष्ट परिभाषाबारे ध्यानाकर्षण गराएको हो।
नाइमाले एउटै ब्रान्डका विभिन्न मोडेललाई छुट्टाछुट्टै वस्तु मानेर धरौटी लिने व्यवस्था हटाउन माग गरेको छ। जवाफमा मन्त्री साहले उक्त विषयलाई सकारात्मक रूपमा लिँदै नियम पुनरावलोकन गरी व्यवसायीमैत्री बनाउने प्रक्रिया अघि बढाउने बताएका छन्।
प्रतिक्रिया