सहिद परिवारका सन्तान र अभिभावकको जिम्मेवारी बोकेका अक्षय गोल्याण सम्मानित

२०८३ भदौ २३ गते

सहिद परिवारका सन्तान र अभिभावकको जिम्मेवारी बोकेका अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा उनलाई सम्मानपत्र र खादा प्रदान गरिएको हो।

 

Advertisement:

Ad
Ad

गोल्याण नेतृत्वको गोल्याण फाउण्डेशनले आन्दोलनका सहिद परिवारलाई लक्षित गर्दै शिक्षा र स्वास्थ्यसम्बन्धी दीर्घकालीन सहयोग गर्दै आएको छ। फाउण्डेशनले २२ सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति तथा २२ सहिदका ४३ जना आमा–बुवालाई आजीवन स्वास्थ्य बिमा उपलब्ध गराएको छ।

 

फाउण्डेशनले छात्रवृत्तिअन्तर्गत प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँसम्म, अर्थात् वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ प्रदान गर्दै आएको छ। यसमा विद्यालय शुल्क, खाना, छात्रावास, यातायात, पोसाक, पुस्तक तथा अतिरिक्त क्रियाकलापलगायतका खर्च समेटिएका छन्। कार्यक्रमका लागि वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन हुँदै आएको छ।


कार्यक्रममा गोल्याणले सहिद परिवारलाई गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धी प्रतिबद्धता कुनै एक वर्षका लागि नभई दीर्घकालीन रहेको बताए। सहिदहरूले देखेको सुरक्षित, प्रगतिशील, शान्त र न्यायपूर्ण नेपाल निर्माणको सपना पूरा गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो।

 

त्यस्तै फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारलाई स्वास्थ्य बिमा उपलब्ध गराइएको हो। उनका अनुसार पहिलो वर्ष स्वास्थ्य बिमाअन्तर्गत करिब ८ लाख रुपैयाँको दाबी भुक्तानी भइसकेको छ।