२०८२ असार ३२ गते
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनामा (असार) सरकारले २ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १ देखि ३० असारसम्म यो खर्च भएको हो, जुन चालु वर्षका अरु महिनाहरूको तुलनामा धेरै हो।
खर्चमध्ये १ खर्ब २९ अर्ब रुपैयाँ प्रशासनिक(चालु) शीर्षकमा, ७१ अर्ब ५६ करोड पुँजीगत (विकास) क्षेत्रमा, र ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण भुक्तानीमा खर्च गरिएको हो। कुल बजेटमध्ये हालसम्म ८१.४९५ अर्थात् १५ खर्ब १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ।
१८ खर्ब ६० अर्बको बजेट ल्याइए पनि विकास क्षेत्रमा अपेक्षित प्रगति नभएको र धेरै रकम प्रशासनिक काममै खर्च भएको देखिन्छ। सरकार परिवर्तनसँगै नीति कार्यान्वयनमा प्रभाव परेको, निजी क्षेत्रको उत्साह घटेको र बजेट प्रणालीमा हुने अनियमितता हट्न नसकेको विज्ञहरूको भनाई छ ।
प्रतिक्रिया