२०८२ फागुन २० गते
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार आशिका तामाङ विरुद्ध कुनै उजुरी नपरेको स्पष्ट पारेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनका सम्वन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत तामाङमाथि आयोगमा कुनै उजुरी नपरेको र उम्मेदवारी खारेज नभएको स्पष्ट पारेको हो ।
धादिङ जिल्ला क्षेत्र नं १ बाट रास्वपाकी उम्मेदवार आशिकामाथि दोहोरो नागरिकता लिएको आरोपमा आयोगले उम्मेदवारी खारेज गरेको भन्ने समाचार बुधबार विभिन्न सञ्चार माध्यममा फैलाइएको थियो ।आशिका आफैंले पनि सामाजिक सञ्जालमार्फत आफूउपर कुनै कानुनी उल्झन नरहेको र उम्मेदवारी खारेज नभएको उल्लेख गरेकी थिइन् ।
भदौ २३ र २४ पछिको सृजित नयाँ राजनीतिक परिवेषमा भोलि अर्थात फागुन २१ गते प्रतिनिधी सभा सदस्य निर्वाचन हुन लागेको छ ।
प्रतिक्रिया