नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम बढ्यो

२०८२ माघ १४ गते

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य वृद्धि हुँदै बन्द भएको छ। कारोबारको अन्त्यमा नेप्से ५.३८ अंकले बढेर २,७३१.८९ विन्दुमा पुगेको हो, जुन अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतको वृद्धि हो।

यस दिन बजारमा कुल ११ अर्ब ४९ करोड ३९ लाख ८८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

Advertisement:

Ad
Ad

 

कारोबार अवधिभर बजारमा उतार–चढाव देखिए पनि अन्त्यतिर परिसूचक सुधारिँदै हरियो अंकमा बन्द भएको हो। आजको कारोबारमा १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

समग्रमा बजारमा मिश्रित प्रवृत्ति देखिए पनि परिसूचक सकारात्मक रहँदा लगानीकर्ताको मनोबल केही बलियो देखिएको छ।