धमाधम बक्यौता तिर्दै उद्योगी,घोराही सिमेन्टले तिर्यो डेडिकेटेड ट्रंकलाइन महशुलको पहिलो किस्ता

२०८२ कात्तिक २६ गते

धमाधम बक्यौता तिर्दै उद्योगी,घोराही सिमेन्टले तिर्यो डेडिकेटेड ट्रंकलाइन महशुलको पहिलो किस्ता

काठमाडौ । घोराही सिमेन्टले डेडिकेटेड ट्रंकलाइनको बक्यौता वापतको पहिलो किस्ता तिरेको छ ।

सिमेन्टले पहिलो किस्तावापत १ करोड ८१ लाख रुपैयाँ तिरेको हो । रकम तिरेसँगै प्राधिकरणले उक्त सिमेन्ट उद्योगमा बिजुलीको लाइन काटेको छ ।कम्पनीले बक्यौतालाई २८ भागमा विभाजन गरी धरौटीका रूपमा एक भाग तिरेको हो ।

Advertisement:

Ad
Ad


यसअघि दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले पनि पहिलो किस्ता तिरेको थियो ।
उद्योगहरूले माघ २०७२ देखिवैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाउन बाँकी रहेको प्राधिकरणको दाबी छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद समाधानतर्फ गएको छ । उद्योगीहरु बक्यौताको पहिलो किस्ता तिर्न तयार भएपछि विवाद समाधानतर्फ गएको हो ।

विवादित रकमको रुपमा उद्योगीहरुले पहिलो किस्ता तिरेका हुन् । जसलाई धरौटी मानिनेछ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मध्यमार्गी बाटो निकालिएको हो । जसमा पहिलो किस्ता तिर्ने भएपछि प्राधिकरण लाइन जोड्न तयार भएको हो ।

यसैबीच डेडिकेटेड ट्रंकलाइनको विवादमा मध्यमार्गी उपाय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार कुलमान घिसिङ नेतृत्वको ऊर्जा मन्त्रालयलाई पत्र काटेको छ ।