प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने

२०८३ भदौ २२ गते

प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन् । महासभालाई सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ ।

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो अवधिको हुने बताइएको छ । महासभामा सम्बोधनका क्रममा उनले नेपालमा पछिल्लो समय देखिएको जलवायुजन्य विपद् र त्यसले निम्त्याएको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

 

विशेषगरी भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमसँग जोडेर प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्नेछन् ।

 

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तयारी थियो । तर भोटेकोशी बाढीपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जनासम्म सदस्य रहने बताइएको छ ।