२०८२ कात्तिक ०७ गते
काठमाडौँ । भदौ २३–२४ को “जेन–जी आन्दोलन” बाट उत्पन्न आतङ्ककारी गतिविधि निष्पक्ष छानबिन तथा विना पूर्वाग्रह कारबाही गर्न एमाले निकट विद्यार्थी नेता धर्मराज तिमिल्सीनाले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका छन्।
ध्यानाकर्षण पत्रमा भदौ २३ र २४ गतेको “जेन–जी आन्दोलन” का क्रममा राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी, लुटपाट, नीजिरसार्वजनिक सम्पत्ति नष्ट गर्ने, नागरिक आतंकित पार्ने र जनधनको क्षति पुर्याउने, नेपाल प्रहरी लगायत आम मानिसहरुलाई निर्घात कुटपिट गरि हत्या गर्ने जस्ता अमानवीय कार्यहरूले राष्ट्रिय शान्ति–सुरक्षामा गम्भीर असर पारेको उल्लेख छ ।
उक्त घटनाका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा देखिएको असामान्य हिंसा, भीड नियन्त्रणका क्रममा भएका मृत्यु तथा घाइते घटना, सामाजिक सञ्जालबाट फैलाइएका भ्रामक प्रचार–प्रसार र विदेशी प्रयोजनका संकेतजन्य गतिविधिले राष्ट्रिय सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भनिएको छ ।
पत्रमा सामाजिक सञ्जालबाट प्राप्त सूचनाहरूका आधारमा बालेन साह, बारबारा फाउन्डेसन, हामी नेपाल, सुदन गुरुङ, रुटिन अफ नेपाल बन्द लगायतले उक्त आन्दोलनलाई आतङ्ककारी दिशातर्फ उक्साउने,आतङ्क फैलाउने र राज्यविरुद्ध विद्रोहजन्य वातावरण सिर्जना गर्ने, व्यवस्थापन गर्ने वा प्रत्यक्षरअप्रत्यक्ष संलग्नता जनाएको देखिएको भनिएको छ ।
प्रतिक्रिया