नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपीडितका नाममा गर्यो १ करोड १ लाख सहयोग

२०८३ भदौ १८ गते

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपीडितका नाममा गर्यो १ करोड १ लाख सहयोग

काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपीडितका नाममा १ करोड १ लाख सरकारलाई हस्तान्तरण गरेको छ । संघका टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो । 

 

Advertisement:

Ad
Ad

संघले बाढीबाट पीडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउनका लागी सरकारले यथासम्भव सिघ्र कदम चाल्नुपर्ने सुझाव दिएको छ । साथै दिर्घकालीन समाधानका लागी प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणमा समेत विशेष सर्तकता अपनाउन जरुरी रहेको औंल्याएको छ । यस सम्वन्धमा सम्वन्धित निकायहरुको सक्रिय पहल, समयोचित निर्णय तथा आवश्यक सहयोगले पिडित परिवारलाई ठुलो राहत पुग्नेछ संघले विश्वास लिएको छ ।

 

संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगात्मक कार्यमा संलग्न रहिरहने प्रतिवद्धता व्यक्त गर्दै यस दुःखद समयमा नेपाल सरकार लगायत सवै सम्वन्धित पक्षहरुको संवेदनशीलता र सहयोगले मात्र नागरीक एंव प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणले गति लिन सक्ने धारणा व्यक्त गरेको छ ।