२०८३ साउन २७ गते
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २ करोड ३३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.६९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले १ करोड ९८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ९२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्ष ९ करोड ७० लाख २१ हजार रुपैयाँ थियो। अर्थात् विद्युत् बिक्री आम्दानी १२.५९ प्रतिशतले वृद्धि भएको छ।
विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको कुल नाफा १०.६१ प्रतिशतले बढेर ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल नाफा ८ करोड १२ लाख ५१ हजार रुपैयाँ थियो।
यद्यपि, कम्पनीको सञ्चालन नाफा भने सामान्य घटेको छ। समीक्षा अवधिमा सञ्चालन नाफा ८ करोड १० लाख ७९ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ८ करोड ३० लाख ५३ हजार रुपैयाँभन्दा २.३८ प्रतिशत कम हो।
कम्पनीको वित्तीय लागतमा भने उल्लेख्य सुधार देखिएको छ। वित्तीय लागत १८.५२ प्रतिशतले घटेर २ करोड ३४ लाख ६२ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो लागत २ करोड ८७ लाख ९४ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १०९.५० प्रतिशतले बढेर १ अर्ब १२ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ थियो। पुँजीमा भएको उल्लेख्य वृद्धिको प्रभाव प्रतिसेयर आम्दानीमा परेको देखिन्छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ३ रुपैयाँ ७१ पैसाबाट घटेर २ रुपैयाँ ८ पैसा कायम भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि ११५ रुपैयाँ ७४ पैसाबाट घटेर १०८ रुपैयाँ १९ पैसा पुगेको छ।
कम्पनीको रिटेन्ड अर्निङ भने ३५.९३ प्रतिशतले बढेर ५ करोड ५१ लाख ५३ हजार रुपैयाँ पुगेको छ। कम्पनीको पीई रेसियो १४७.५८ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया