काठमाडौंमा दूतावासले मनायो भारतको स्वतन्त्रता दिवस,बालेनले दिए शुभकामना

२०८३ साउन ३० गते

काठमाडौंमा दूतावासले मनायो भारतको स्वतन्त्रता दिवस,बालेनले दिए शुभकामना

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८० औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ ।राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरी उद्घाटन गरेको कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधन प्रशारण गरिएको थियो ।

 

Advertisement:

Ad
Ad

दूतावासले दिवंगत भारतीय सुरक्षाकर्मीका परिवारलाई ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको राहत रकम हस्तान्तरण गर्दै २२ वटा शैक्षिक संस्थालाई पुस्तक अनुदान दिने घोषणा गरेको छ ।

 

यसैबीच नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्रीलाई शुधकामना दिएका छन् ।प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।


उनले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गरेका छन् ।

 

‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन् ।