चितवन दुर्घटना अपडेट : गर्भवतीसहित ७ जनाको मृत्यु,२ जनाको सनाखत ५को पहिचान हुन बाँकी

२०८२ असार ०७ गते

चितवन दुर्घटना अपडेट : गर्भवतीसहित ७ जनाको मृत्यु,२ जनाको सनाखत ५को पहिचान हुन बाँकी

चितवनको राप्ती नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको खहरेपुलनजिक शनिबार ९आज० बिहान बस र माइक्रो बस ठोकिँदा गर्भवतीसहित ७ जनाको मृत्यु भएको छ।

मृतकमा हाल नाम थर, वतन नखुलेकी अन्दाजी ३०र३५ वर्षकी गर्भवती पनि छिन्। प्रहरीका अनुसार मृतकमध्ये अहिलेसम्म २ जनाको मात्रै सनाखत भएको छ। ५ जनाको पहिचान हुन बाँकी छ। 

Advertisement:

Ad
Ad

मृतकमध्ये मकवानपुरको हटियाका ५५ वर्षका सोमप्रसाद रुपाखेती र मकवानपुरकै हेटौँडा-५ की ५३ वर्षकी मैयाकुमारी न्यौपाने पहाडीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र हेटौँडाबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन्।

यस्तै थर वतन नखुलेकी अन्दाजी १८,१९ वर्षीया महिला, अन्दाजी २४,२५ वर्षीया महिला, अन्दाजी २२,२३ वर्षका पुरुष र  नाम, थर वतन नखुलेका अन्दाजी ३५,४० वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार हाल घाइतेहरूको विवरण संकलन भइरहेको छ। दुर्घटनामा कम्तीमा १८ जना घाइते भएको बताइएको छ।