कति जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ?

२०८३ भदौ २६ गते

कति जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ?

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैङ्कमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ मौज्दात छ ।

 

Advertisement:

Ad
Ad

त्यस्तै, कोषका दुईवटा बैङ्कमा रहेको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।