२०८२ असार २५ गते
काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिएर लु१क ५८२७ नम्बरको ट्रक फसेपछि बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ।पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार पूर्वतर्फ जाने सवारी बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ जाने सवारी दुम्किबासमा रोकिएका छन्।
वर्षाका कारण सडक खुलाउन समय लाग्ने जनाइएको छ। नारायणगढ–बुटवल सडक विस्तारका क्रममा दाउन्ने खण्डको ढिलो कामले समस्या दोहोरिएको हो।
प्रतिक्रिया