उर्जा प्रवर्द्धक दिनेश गुरुङले गरे भोटेकोशी बाढी पीडितका नाममा २५ लाख सहयोग

२०८३ भदौ १४ गते

उर्जा प्रवर्द्धक दिनेश गुरुङले गरे भोटेकोशी बाढी पीडितका नाममा २५ लाख सहयोग

काठमाडौं । जलविद्युत् व्यवसायी तथा समाजसेवी दिनेश गुरुङले भोटेकोशी बाढीपीडितका लागि आफ्ना दुई कम्पनीमार्फत २५ लाख रुपैयाँ सहयोग गरेका छन्। गुरुङ आवद्ध रहेको रिभर फल्स पावर लिमिटेड र त्रिशूली क्यासकेड पावर प्रालिले उक्त रकम स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान) मार्फत प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरेका हुन्।


 रिभर फल्स पावर लिमिटेडले १० लाख रुपैयाँ र त्रिशूली क्यासकेड पावर प्रालिले १५ लाख रुपैयाँ प्रदान गरेका छन्। दुवै रकम प्रधानमन्त्री विपद् राहत कोषका नाममा जारी गरिएको चेकमार्फत प्रदान गरिएको हो।यसरी गुरुङका दुई कम्पनीबाट भोटेकोशी बाढीपीडितको राहतका लागि कुल २५ लाख रुपैयाँ सहयोग पुगेको छ।

Advertisement:

Ad
Ad

 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा निजी क्षेत्रबाट राहत तथा उद्धार प्रयासमा सहयोग गर्ने क्रम बढिरहेको छ। यही क्रममा गुरुङले आफ्ना दुई कम्पनीमार्फत राहत कोषमा आर्थिक सहयोग गरेका हुन्।

 

रिभर फल्स पावर लिमिटेड र त्रिशूली क्यासकेड पावर प्रालि जलविद्युत् क्षेत्रमा संलग्न कम्पनी हुन्। गुरुङ जलविद्युत् व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।