बक्यौता भुक्तानीमा सहमतिपछि दुध किसानको आन्दोलन स्थगित

२०८२ भदौ १८ गते

बक्यौता भुक्तानीमा सहमतिपछि दुध किसानको आन्दोलन स्थगित

काठमाडौं । लामो समयदेखि दुग्ध उत्पादक किसानहरूबीच सहमति भएको छ । दुग्ध किसानले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएपछि उनीहरूले सुरु गरेको आन्दोलन स्थगित गरेका छन् ।

बुधबार सरकार र आन्दोलनरत दुग्ध संघ–संस्थाबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम रोकिएका हुन् ।

Advertisement:

Ad
Ad


डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसनलगायत संस्थाहरूले हालै किसानको अर्बौं रुपैयाँ बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलन गरिरहेका थिए ।

सहमति अनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता ५ असोजभित्र, साउन महिनासम्मको भुक्तानी ३० असोजभित्र र भदौ महिनासम्मको रकम कात्तिक मसान्तभित्र चुक्ता गर्ने रहेको छ  ।

त्यसैगरी, सहमतिअनुसार दुग्ध उत्पादक सहकारी संघसंस्थाबाट संकलित दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गरिनेछ ।

साथै, सरकारले तोकेको किसानको दूधको न्यूनतम खरिद मूल्य देशभरका सबै उद्योगहरूले अनिवार्य रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।