२०८३ भदौ १३ गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको आवास व्यवस्थापनमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले बाढीपीडितका लागि आफ्नै तर्फबाट २० वटा घर निर्माण गरिदिने बताएका हुन्।
शनिबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै प्रसाईंले विपद्को समयमा सरकारको आलोचना र राजनीतिक आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा प्रभावित नागरिकको पक्षमा उभिनुपर्ने बताएका छन्।उनले प्रधानमन्त्री बालेन र सरकारको टोलीलाई गाली गर्ने बेला नभएको उल्लेख गर्दै अहिले बालेन सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्। देश सबैको साझा भएकाले विपद्का बेला सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
बाढीमा ज्यान गुमाइसकेकालाई फर्काउन नसकिने भन्दै प्रसाईंले जीवित परिवारको आधारभूत आवश्यकता पूरा गर्न सबै जुट्नुपर्ने बताएका छन्। प्रभावित परिवारलाई गास, बास र कपासको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले आफूहरूले २० वटा घर निर्माण गर्ने निर्णय गरिसकेको जानकारी दिए।
संकटको समयमा राजनीतिक विवादभन्दा प्रभावित परिवारको राहत, पुनर्स्थापना र स्थायी आवासको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने प्रसाईंको धारणा छ।
प्रतिक्रिया