२०८३ साउन ०७ गते
काठमाडौँ । साउन ७ गते बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। पछिल्ला केही दिनयता उकालो लागिरहेको बहुमूल्य धातुको मूल्यले आज पनि सोही लयलाई निरन्तरता दिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार ४८० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया