सुनको मूल्यमा फेरि उछाल

२०८३ भदौ ०७ गते

सुनको मूल्यमा फेरि उछाल

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आइतबार पनि जारी रहेको छ। भदौ ७ गते सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ।

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा झरेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।