२०८२ असार १० गते
काठमाडौँ । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभइसकेको भनेका छन् – तर यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए।उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए अनि त्यहाँको आकासमा लडाकू विमानहरू उडिरहेका थिए।
अराग्चीले उनको देशले अन्तिम मिनेटसम्म इजरायललाई सजाय दिन जारी राख्ने बताए।यसअघि ट्रम्पले चरणबद्ध युद्धविरामुको सहमति भएको भनेर दाबी गरेका थिए।तर इजरेलभन्दा कैयन् घण्टा अगाडि नै इरानले आफ्ना तर्फबाट आक्रमण रोक्ने पनि उनले जनाएका थिए।सामाजिक सञ्जालमा राखिएको पोस्टमा ट्रम्पले यो चरणबद्ध युद्धविराम केही घण्टामै लागु हुने भनेका थिए।
ट्रम्पले दिएका जानकारी अनुसार आरम्भमा इरानले युद्धविराम गर्नेछ। त्यसको १२ घण्टापश्चात् इजरेलले उसका सैन्य कारबाही रोक्नेछ।तर पहिले दुवै देशले तिनले थालिसकेका अन्तिम सैन्य कारबाहीहरू सम्पन्न गर्ने उनले बताएका थिए।अहिले इजरेलले अभूतपूर्व शक्तिका साथ इरानमा निसानाहरूमा प्रहार गरिरहेकोु त्यहाँका रक्षामन्त्रीले बताएका थिए।
इरानले चाहिँ इजरायलको तेल अभिभ सहर नजिकै रहेको रमात गान नगरबाट मानिसहरूलाई अन्यत्र जान चेतावनी दिएको थियो।राष्ट्रपति ट्रम्पका अनुसार २४औँ घण्टाुको अन्त्यपछि यो युद्ध आधिकारिक रूपमै टुङ्गिनेछ। बीबीसी
प्रतिक्रिया