२०८२ चैत २५ गते
काठमाडौँ । इरानले संयुक्त राज्य अमेरिकासँग दुई हप्ताको युद्धविराममा सहमति जनाएको छ। यसको राष्ट्रिय सुरक्षा परिषद्ले तेहरानको १० बुँदे प्रस्तावको आधारमा शुक्रबार पाकिस्तानको राजधानी इस्लामाबादमा वाशिंगटनसँग वार्ता सुरु हुने बताएको छ।यो सँगै हातहातमा ब्यानर झण्डा बोकेर युद्ध सदाका लागि अन्त्य गर्न आह्वान गर्दै इरानी शहरमा नागरिकहरु सडकमा उत्रिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पावर प्लान्ट र पुलहरूमा बम विस्फोट गर्ने धम्की फिर्ता लिन र दुई हप्ताको लागि देशमाथि आक्रमण स्थगित गर्न सहमत भएको बताएपछि बुधबारको यो विज्ञप्ति आएको हो।
यद्यपि ट्रम्पले युद्धविराम इरानले होर्मुज जलमार्ग खोल्न सहमति जनाउने नजनाउनेमा निर्भर रहेको बताए। यो साँघुरो जलमार्ग हो जसले खाडीलाई अरब सागरसँग जोड्छ र जहाँबाट विश्वव्यापी तेल आपूर्तिको बाटो खुला हुन्छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि इरानले यो जलमार्ग आंशिक नाकाबन्दी लगाएको थियो जसले गर्दा विश्वव्यापी व्यापारमा बाधा पुगेको छ, तेलको मूल्य बढेको छ, वित्तीय बजारमा उथलपुथल आएको छ र विश्वभर इन्धन अभाव भएको छ।
प्रतिक्रिया