२०८२ फागुन २१ गते
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्लाका सबै क्षेत्रबाट खसेका मतसहितका मतपेटिका आज साँझ साढे ८ बजेसम्म सदरमुकाममा ल्याइने तयारी गरिएको छ। अहिले मतपेटिका संकलनको काम जारी रहेको र सबै मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणना कहिले सुरु गर्ने भन्ने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
उनका अनुसार, मतपेटिका संकलन सकिएलगत्तै सर्वदलीय बैठक बोलाइनेछ। बैठकमा आजै मतगणना सुरु गर्ने सहमति भएमा राति ११ बजेदेखि नै मतगणना सुरु हुन सक्ने तयारी गरिएको उनले जानकारी दिए। तर अन्तिम निर्णय भने सर्वदलीय सहमतिमा निर्भर रहने गेलालले बताए।
यस निर्वाचनमा झापा–५ क्षेत्रलाई सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्रका रूपमा लिइएको छ।
प्रतिक्रिया