सस्तो टिकाउ र हिट प्रुफ सुपर बोण्ड एडेसिभ कम्पनीको 'कारिगर ग्लु' भृकुटीमण्डपको प्रदर्शनीमा

२०८२ पुस ०४ गते

सस्तो टिकाउ र हिट प्रुफ सुपर बोण्ड एडेसिभ कम्पनीको 'कारिगर ग्लु' भृकुटीमण्डपको प्रदर्शनीमा

काठमाडौँ । टिकाउ र छिटो टाँस्न प्रयोग हुने सुपर बोण्ड  एडेसिभ कम्पनीको कारिगर ग्लु  काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु भएको 'नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो २०२५' मा प्रदर्शनीमा राखिएको छ । यो ग्लुमा हिट प्रुफ र छिटो टाँस्ने विशेषता रहेकाले बजारमा राम्रो माग रहेको कम्पनीको दाबी छ । 

 

Advertisement:

Ad
Ad

कम्पनीका एरिया सेल्स म्यानेजर सञ्जयकुमार श्रीवास्तवका अनुसार यो प्रोडक्टको बजारमा बिक्री बढ्दो छ । सन् २००९ मा नेपाल भित्र्याइएको यो टाँस्नको प्रयोग हुने गम सन् २०१९बाट भारतको कम्पनीबाटै सिधै नेपाल ल्याई देशभरी बिक्री वितरण शुरु गरिएको हो । यो अवधिमा व्यापारसँगै ब्राण्ड स्थापित हुन सफल भइसकेको श्रीवास्तव बताउँछन् । 

 

फर्निचर कम्पनी तथा उद्योगका सरसामन टाँस्न बढी प्रयोग हुने यो कम्पनीको गम विभिन्न १० प्रकार र आकार अनुसार ५० बढी साइजमा रहेको कम्पनीको दाबी छ । नेपाल भरी विक्रेता रहेको यो कारिगर ग्लुको एरिया वाइज डिलर नेपालभरी रहेको छ  ।

 

बुटवलमा इम्पोर्टर रहेको यो ग्लुलाई खुद्रा खरिद गर्न देशभरीका हार्डवेयर पसलमा व्यवस्था गरिएको कम्पनीले जनाएको छ । मूल्य र परिमाणका आधारमा यो निकै उपयोगी र सस्तो पर्न जाने कम्पनीमा एरिया सेल्स म्यानेजर श्रीवास्तव बताउँछन् । उनका अनुसार यो ग्लुको मूल्य १ लिटरको ८ सय मात्र तोकिएको छ ।