कालिञ्चोक दर्शनले बोलायो साधारण सभा, ८.५ प्रतिशत बोनस शेयर प्रस्ताव

२०८३ भदौ २५ गते

कालिञ्चोक दर्शनले बोलायो साधारण सभा, ८.५ प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न १२औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको साधारण सभा असोज १६ गते शुक्रबार मध्यपुर ठिमीस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजे सुरु हुनेछ।

Advertisement:

Ad
Ad

 

सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

 

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावसमेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ९ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।