कुलमानसँग नफर्किएका खगेन्द्र सुनारले अन्ततः बाँके ३ मा मारे बाजी

२०८२ फागुन २३ गते

कुलमानसँग नफर्किएका खगेन्द्र सुनारले अन्ततः बाँके ३ मा मारे बाजी

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।

 

Advertisement:

Ad
Ad

नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

 

खगेन्द्र सुनार कुलमान घिसिङको पार्टी उज्यालो नेपालबाट राजनीतिमा प्रवेश गरेका थिए । जातीय विभेदको विरुद्ध खरो रुपमा अभियानमा होमिएका सुनार कुलमान रास्वपाबाट विभाजन भई फर्किएर उजयालो नेपाल पार्टी बनाइरहँदा सुनार भने रास्वपामै अडिएका थिए ।