कुलमानको घरमा हर्कलाई निम्तो,संयुक्त पत्रकार सम्मेलनमा के भने ?

२०८२ भदौ २७ गते

कुलमानको घरमा हर्कलाई निम्तो,संयुक्त पत्रकार सम्मेलनमा के भने ?

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङ तथा धरानका मेयर हर्क साम्पाङले विकसित राजनीतिक घटनाक्रमप्रति चासो र चिन्ता व्यक्त गरेका छन् । देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहँदा एक थरी शुभेच्छुकहरुले हर्क र घिसिङ मध्ये एकले नयाँ सरकारको नेतृत्व लिनपर्ने आग्रह गरिरहँदा घिसिङ र हर्क साम्पाङ एक साथ देखिएका हुन् ।शुक्रबार घिसिङको घरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा घिसिङलाई नयाँ सरकारको नेतृत्वमा तपाइँको पनि नाम सुनिएको थियो किन पछि हट्नुभयो? भनी सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । उत्तरमा उनले देशको आवश्यकताको आधारमा निर्णय लिन आफू तयार रहेकोे प्रतिक्रिया दिएका छन् । साथै उनले परिस्थती जस्तोसुकै आउन सक्ने भन्दै सबैका कुरा सुनेर अगाडी बढ्न जेनजी पुस्तालाई सुझाव दिएका छन् ।

 

Advertisement:

Ad
Ad

उता धरानका वर्तमान मेयर साम्पाङलाई पनि जेनजीका अर्को थरी समूहले नेतृत्व लिन आग्रह गरेपछि काठमाडौँ आइपुगेका थिए । उनले देश आन्तरिक तथा बाह्य चलखेलको खतरामा रहेकाले बोल्ड निर्णय गर्न सक्ने खुबी भएको व्यक्ति आवश्यक रहेको भन्दै नयाँ सरकारको प्रधानमन्त्री बन्न आफू योग्य रहेको दाबी गरिरहेका छन् । 

 

भदौ २३ र २४ गतेको देशव्यापी रुपमा चलेको जेनजी पुस्ताको आन्दोलनले केपी ओली सरकारलाई अपदस्थ गरेको छ । त्यसयता देश सरकार बिहीन अवस्थामा छ । जेनजीहरुले अन्तरिम सरकार गठनको तयारी गरिरहेका छन् । यो क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेपनि उनी तयार नभएपछि विकल्पमा हर्क साम्पाङ, कुलमान घिसिङ,सागर ढकाल,सुशिला कार्की लगायतमाथि छलफल बहस चलाएका थिए । छलफल बहसपछि पूर्वप्रधानन्यायाधिश सुशिला कार्की न्यायिक निकायमा लामो समय काम गरेको अनुभवी र बेदाग रहेको भन्दै जेनजी प्रतिनिधीहरुले राष्ट्रपतिसमक्ष कार्कीलाई सिफारिस गरेका थिए ।

 

बिहीबार मध्यरातिसम्म राष्ट्रपति,जेनजी पक्ष,प्रधानसेनापति र सुशिला कार्कीबीच बसेको छलफलले नयाँ बन्ने सरकारको प्रधानमन्त्रीका लागि सुशिला कार्की लगभग निश्चित गरिसकेकोे छ । तर जेनजीको अडान वर्तमान संसद बिघटन गर्नुपर्ने रहेको र राष्ट्रपति पौडेल विघटन नगर्ने अडानमा रहँदा नयाँ सरकार गठन हुन सकेको छैन ।