२०८३ भदौ ०६ गते
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका—८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
ईभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो । कारमा सामान्य क्षति पुगेको छ ।
घाइते हुनेमा हाइसका चालक ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय अखिल राजथला, महालक्ष्मी नगरपालिका-७ चागाथलीका २५ वर्षीय आशिष महर्जन, मकवानपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा र महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय राज महर्जन रहेका छन् ।
तिन जनाको किस्ट अस्पतालमा उपचार भइरहेको छ । भने एक जनाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हाइसमा चार जना मात्र सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया