२०८२ फागुन २१ गते
काठमाडौँ । जेनजी आन्दोलनपछि सृजित विशेष परिस्थितीमा आज फागुन २१ गते निर्वाचन हुन गइरहेको छ । निर्वाचन आयोगका अनुसार आज देशभरी कुल १०हजार ९सय ६७ मतदानस्थल रहेका छन् भने कुल २३हजार १ सय १२ मतदान केन्द्र रहेका छन् ।
आयोगको रेकर्ड अनुसार आज देशभरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्नेछन् । मतदाताको यो संख्या नेपालको इतिहाँसमा सबैभन्दा धेरै मतदाता संख्या हो ।
आज नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ ।
प्रतिक्रिया