२०८३ भदौ १९ गते
काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको जनाएको छ।
आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ।शुक्रबार दिनभर हेडवर्क्स र सुरूङ क्षेत्रमा खोजी कार्य गरिएको थियो।
आवश्यक उपकरणसहित शनिबार पनि उद्धार निरन्तर रहनेछ।
बाढी आउनुअघि आयोजनास्थलमा कुल एक हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार गर्न सकिएको जनाइएको छ।
प्रतिक्रिया