२०८३ भदौ २१ गते
काठमाडौं ।म्याक्सस नेपालले नेपालमा हालैको विपदबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब ८० लाख बराबरको सहयोग प्रदान गरेको छ। जसमा प्रत्यक्ष आर्थिक सहयोग सँगै दिगो स्वच्छ खानेपानीको व्यवस्था तथा आवश्यक राहत सामग्री समेत समावेश छ।
यस अन्तर्गतMaxus nepalले नेपालमा हालैको विपदबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब ८० लाख बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाखको चेक केही दिनअघि नै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ भने त्रिशुली नदी पारिपट्टिका विपतप्रभावित समुदायका लागि प्रत्यक्ष रूपमा लाभ पुग्ने गरी करिब रु। ३० लाख बराबरको, दुईवटा होल्डिङ सेन्टरहरूमा स्वच्छ खानेपानीका लागि अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडानका साथै झन्डै ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्रीहरु वितरण गरेको छ।
उक्त राहत वितरण तथा स्वच्छ खानेपानी ट्रिटमेन्ट प्लान्ट जडान कार्यमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा प्रबन्ध निर्देशक मिलन थापा लगायत कर्मचारीहरू तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापा लगायत डिस्ट्रिक्टका अन्य पदाधिकारीहरूको समेत प्रत्यक्ष संलग्नता रहेको थियो।
वितरण गरिएका राहत सामग्रीहरूमा, सुत्नका लागि आवश्यक पर्ने डसना सिरानी तन्ना लगायतका आवश्यक सामग्री,औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्यान्न सामग्री तथातरकारी, खाना पकाउने सामग्री तथा भाँडाकुँडा, पुरुष महिला तथा बालबालिकाहरूका लागि कपडा तथा अन्य अन्य आधारभूत आवश्यकताका सामग्रीहरु रहेका छन्।
सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली नुवाकोटको त्रिशुली स्थित श्री भैरम माध्यमिक विद्यालयमा जडान गरिएको छ, जहाँ हाल करिब ३०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन् भने अर्को प्रणाली नुवाकोटकै विदुर नगरपालिकाको त्रिशुली प्राथमिक विद्यालयमा जडान गरिएको छ,
जहाँ हाल करिब २०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्। प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रति घण्टा १,००० लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्दछ। यसले अस्थायी आश्रयस्थलमा रहेका परिवारहरूलाई त्यहाँ रहिन्जेल सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्नेछ भने विद्यालय सञ्चालन भएपछि त्यहाँका विद्यार्थीहरू लाभान्वित हुनेछन्।
Maxus Nepalको यो राहत कार्यक्रम आफ्नो सिएसआर कार्यक्रम अन्तर्गत गरिएको जनाएको छ।
प्रतिक्रिया