२०८२ फागुन २८ गते
काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदनलाई उच्च अदालतबाट खारेज भएको छ।नाडा वर्तमान कार्यसमिति एकलौटी ढंगले हिडेको भन्दै असन्तुष्ट पक्षहरुले मुद्दा हालेपछि सपथ रोकिएको थियो ।
बुधबार पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको र नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको नाडाले जनाएको छ ।यसै सन्दर्भमा, नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार चाँडै नै गरिनेपनि नाडाले उल्लेख गरेको छ ।
नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्दछ।
नाडा नेपालको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने अग्रणी तथा छाता संस्था हो। करिब पाँच दशकदेखि नाडाले अटोमोबाइल उद्योगको विकास, प्रवर्द्धन, नीतिगत सहकार्य तथा सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ।
प्रतिक्रिया