नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

२०८३ भदौ ०५ गते

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थाई बासिन्दा कार्कीलाई २०८३।०५।०३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 

 

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए। 


राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ । कार्कीले अष्टे«लियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एम.बि.एफ) गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका छन् ।

 

 उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन् ।