२०८२ असोज ०५ गते
काठमाडौँ । तुइन खोलामा आएको ठुलो पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी चितवन र सडक विभागको पहलमा आधा दर्जन डोजर तथा जेसीबी लगाएर पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
निरन्तरको पहिरोले सडक पूर्ण रुपमा ढाकिएपछि काठमाडौँ र पोखरादेखि पूर्व र पश्चिमका लागि छुटेका सयौँ बस तथा सवारीसाधनहरु रोकिएका थिए । सवारीसाधन रोकिँदा हजारौैँ यात्रु भोकभोकै बस्न बाध्य भएका थिए ।
प्रतिक्रिया