नेशनल लाईफ इन्स्योरेन्सले बाढीपीडितका लागि गर्यो १ करोड ५१ लाख सहयोग

२०८३ भदौ १६ गते

नेशनल लाईफ इन्स्योरेन्सले बाढीपीडितका लागि गर्यो १ करोड ५१ लाख सहयोग

काठमाडौँ ।  नेशनल लाईफ इन्स्योरेनस कं. लिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । 

 

Advertisement:

Ad
Ad

गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेूलाई हस्तान्तरण गरेका छन् ।

 

कम्पनीले उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको  र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध समेत गरेकोछ । 

 

साथै कम्पनीले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।