आजदेखि एक सय दरका नयाँ नोट बजारमा

२०८२ मंसिर ११ गते

आजदेखि एक सय दरका नयाँ नोट बजारमा

काठमाडौं । नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ ।

नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

Advertisement:

Ad
Ad

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘कर२०–०००००१’ देखि ‘घर४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ ।

राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।