एनसेलले बाढीले क्षतिग्रस्त ३ जिल्लाका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्यायो

२०८३ भदौ १२ गते

एनसेलले बाढीले क्षतिग्रस्त ३ जिल्लाका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्यायो

काठमाडौं । एनसेलले बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ।

 

Advertisement:

Ad
Ad

विपद्का कारण तीन जिल्लामा प्रभावित भएका कुल २७ मोबाइल टावरमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको जनाएको हो। टावर सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा अवरुद्ध हुँदै आएको मोबाइल तथा दूरसञ्चार सेवा क्रमशः सहज हुने अपेक्षा गरिएको छ।

 

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन आवश्यकताअनुसार नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन भइरहेको एनसेलले जनाएको छ।बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा बाँकी टावरहरू पनि यथाशीघ्र पुनः सञ्चालनमा ल्याई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता एनसेलले गरेको छ।