२०८३ भदौ २२ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको बजारले यस दिन पनि सकारात्मक लयलाई निरन्तरता दिएको हो।
कारोबार रकमसमेत बढेको छ। यस दिन ३५२ स्टकको ९२ लाख ९८ हजार कित्ता शेयर ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन कारोबार रकम ३ अर्ब ४६ करोड रुपैयाँ थियो।
पियोर इनर्जीको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। यता, इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढ्दा निर्जीवन बीमा उपसमूह सर्वाधिक २.०५ प्रतिशतले उकालो लागेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ।
प्रतिक्रिया