२०८३ भदौ ०९ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजारले यस दिन पनि गिरावटलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से ५.३० अंक घटेर २,५९४.२७ विन्दुमा झरेको छ।
सूचक घटे पनि बजारको कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३५७ स्टकको ४६ हजार ५८९ पटकको कारोबारबाट ४ अर्ब १० करोड ९७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस क्रममा १ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।
यस दिन सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ।
कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ९० करोड ७ लाख ९७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूह बढ्दा ११ उपसमूह घटेका छन्। विकास बैंक र निर्जीवन बीमा उपसमूह सामान्य बढेका छन् भने होटल तथा पर्यटन उपसमूह सर्वाधिक ०.९१ प्रतिशत घटेको छ।
प्रतिक्रिया