२०८२ असोज २४ गते
काठमाडौं । अबदेखि निर्यातकर्तालाई दिइँदै आएको नगद अनुदान बन्द गरिएको छ । शुक्रबार उद्योग विभागले एक सूचना जारी गर्दै निर्यातमा दिँदै आएको नगद अनुदान प्रणाली पूर्ण रूपमा खारेज गरिएको जानकारी दिएको हो ।
विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा नयाँ दायित्व थपिने गरी कुनै पनि नयाँ निवेदन नलिने स्पष्ट पारेको छ । यस निर्णयसँगै, अघिल्लो वर्ष निर्यात गरिएको सामानका लागि पनि अनुदान नपाइने निश्चित भएको छ ।
अघिल्लो प्रणालीअनुसार, आर्थिक वर्ष समाप्त भएपछि ३ महिनाभित्र स्वघोषणा गरेर उद्योग विभागमा निवेदन दिन सकिन्थ्यो । तर अब २०८१र८२ को स्वघोषणासमेत विभागमा पेश गर्न नपाइने व्यवस्था मिलाइएको छ ।
यसअघि असोज ५ गते नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागलाई पत्राचार गरी थप दायित्व सिर्जना नहुने गरी निवेदन नलिन निर्देशन दिएको थियो ।
प्रतिक्रिया